११ साउन २०८३, सोमबार

गुल्मीमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

पुस १२, २०७७
गुल्मीमा ट्रकको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदलयात्रीको ज्यान गएको छ ।

शनिवार राति ट्रकको ठक्करबाट रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

उनीहरुलाई बुटवलबाट तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडानम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिएको थियो ।

दुबै जनाको घटना स्थलमै ज्यान गएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घासमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्