०६ साउन २०८३, बुधबार

पहिलो भ्याक्सिन राष्ट्रपति पुटिन आफैंले लगाउने

पुस १३, २०७७
पहिलो भ्याक्सिन राष्ट्रपति पुटिन आफैंले लगाउने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई कोरोना भ्याक्सिन लगाउने अनुमति दिएका छन् । पुटिनले स्पुतनिक–२ कोरोना भ्याक्सिन लगाउने भएका छन् । 

रुसले भ्याक्सिन वितरणको तयारी स्वरुप पहिलो खोप राष्ट्रपतिलाई नै लगाइने भएको हो ।

क्रेमलीनका प्रवक्ता दिमित्री पेसकोवले रुसी टेलिभिजनसँग अन्तवार्ता दिँदै भने, ‘पुटिनलाई कोरोनाको भ्याक्सिन लगाइने छ । यो कुराको निर्णय राष्ट्रपति पुटिन आफैंले गर्नुभएको छ ।’

रुसले आफैं बनाएको स्पुतनिक–२ भ्याक्सिन लगाउन स्वेच्छिक कार्यक्रम चलाएको छ । उसको शुरुवात मस्को शहरबाट हुनेछ । जहाँ कोरोना भाइरसको संक्रमण उच्च छ । 

पछिल्लो केही दिनअघि रुसी स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिकमाथि भ्याक्सिन प्रयोगको अनुमति पनि दिएको छ ।

यसमा मस्को शहरका मेयरले सोमबारदेखि ६० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि भ्याक्सिन उपलब्ध गराइने बताए । 

salt training

कमेन्ट गर्नुहोस्