२८ जेठ २०८३, बिहीबार

पठाओमार्फत यात्रा गर्दा यात्रु र चालक दुवैको ५ लाखको दुर्घटना बीमा

पठाओमार्फत यात्रा गर्दा यात्रु र चालक दुवैको ५ लाखको दुर्घटना बीमा

प्रविधिको प्रयोग गर्दै एपबाट यात्रु र चालकलाई जोड्ने सेवा दिइरहेको पठाओ नेपाल प्रालिले हरेक यात्रु र चालकको बीमा गर्ने निर्णय गरेको छ ।

प्रालिका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै बीमा सुविधा ग्राहक र चालक दुवैको हकमा लागू हुने जानकारी दिएका छन् ।

पठाओमार्फत लिएको सेवाका क्रममा दुर्घटनामा परी मृत्यु र अपाङ्गता भएमा बढीमा ५ लाखसम्मको र उपचार बीमाको हकमा १ लाख रुपैयाँसम्मको बीमा गरिएको जनाइएको छ ।

पठाओलाई नकारात्मक असर पर्ने गरी अनर्गल प्रचार गरिएको भन्दै बस्न्यातले ९ पेज लामो प्रेस विज्ञप्ति जारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्