०८ साउन २०८३, शुक्रबार

‘विना बादलको पानी कसरी पर्‍यो ? यो मुलुकलाई अफगानिस्तान बनाउने षड्यन्त्र त होइन ?’

‘विना बादलको पानी कसरी पर्‍यो ? यो मुलुकलाई अफगानिस्तान बनाउने षड्यन्त्र त होइन ?’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई अफगानिस्तान जस्तै अस्थिरतामा फसाउने षड्यन्त्र भइरहेको बताएका छन् । देशलाई अनिष्टमा जान नदिन सर्वोच्च अदालतले विवेकपूर्ण निर्णय गर्ने पौडेलले विश्वास गरे । 

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सोमवार तनहुँमा आयोजना गरेको विरोध कार्यक्रममा नेता पौडेलले प्रतिनिधि सभा पुनःस्थापना पनि नहुने र चुनाव पनि नहुने अवस्थामा देश अफगानिस्तान जस्तो बन्ने खतरा औंल्याएका हुन् ।

‘प्रतिनिधि सभा विघटन भयो, चुनाव भए त हुन्थ्यो । चुनाव नै नहुने स्थिति भयो भने के हुन्छ ? यो देशमा के स्थिति बन्ला ? मैले देखिरहेको छु । उत्तर, दक्षिण र पश्चिमबाट हानिएर आएका छन् । यो मुलुकलाई संविधान र लोकतन्त्रविहीन बनाएर शक्ति मुलुकको खेडबाडको मैदान बनाउन खोजिँदैछ,’ पौडेलले भने, ‘विना बादल वर्षा कसरी सम्भव भयो ? मलाई लागिरहेको छ, यो मुलुकलाई अफगानिस्तान बनाउने खेल भइरहेको छ । अफगानिस्तानमा के भोगेको छ राष्ट्रले ? भर्खर दश वर्षको द्वन्द्व भोगेर आएको नेपाललाई फेरि त्यस्तै बनाउने ?’

नेता पौडेलले धाँधली गरेर चुनाव जितेको भएपनि जनताले पाँच वर्ष कम्युनिस्टलाई सरकार सञ्चालन गर्न दिएपनि उनीहरूले खेलबाड गरेको आरोप लगाए । 

‘लुटेर जिते पनि जित्यो, गर काम गर विकास हामीले त भनेको हो । तिमी गरेर खाऊ भनेर दिएको, आज कम्युनिस्ट सत्ता संविधान फाल्ने तिर गयो,’ पौडेलले भने । 

पौडेलले देशलाई अनिष्टमा जानबाट सर्वोच्चले रोक्न सक्ने बताए । 

‘देशलाई अनिष्टमा जान नदिन, अफगानिस्तान बन्न नदिन सर्वोच्च अदालतले सक्छ । सर्वोच्चका न्यायमूर्तीहरूलाई एउटै जिकिर गर्न चाहन्छु । यो संविधानलाई राम्रोसँग पढिदिनुस्,’ पौडेलले भने ।

salt training

कमेन्ट गर्नुहोस्