
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा अछामका केशरबहादुर साउँदलाई नियुक्त गरेको छ ।
आयोगको सदस्यमा बैतडीका मानदेव बिष्ट नियुक्त भएका छन् । १ जना महिला सदस्य पछि नियुक्त गरिने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।
सरकारले खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डोटीको आदर्श गाउँपालिका–५ का हर्कबहादुर सिंहलाई नियुक्त गरेको छ । समितिको सदस्यमा अछामको साँफेबगर नगरपालिका–११ का लक्ष्मण खड्का, बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ का गणेशबहादुर शाही नियुक्त भएका छन् ।
बझाङको खप्तड छान्ना गाउँपालिका–४ की मिश्र रोकाया र डोटीको सायल गाउँपालिका–३ की हरि पाल थापा समितिमा नियुक्त भएका छन् ।
महिला सदस्यमा डोटीको पूर्वी चौकी गाउँपालिका–५ की मनीषा धानुक नियुक्त भएकी छन् ।
बाजुराको बुढीनन्दा नगरपालिका–७ का भीम खड्कालाई कार्यकारी अधिकृतमा नियुक्त गरिएको मन्त्री बोहराले जानकारी दिए ।