११ साउन २०८३, सोमबार

विश्वका १० देशमा भ्याक्सिन वितरण शुरु, ४८ लाखले पाए काेराेना भ्याक्सिनकाे डाेज

पुस १३, २०७७
विश्वका १० देशमा भ्याक्सिन वितरण शुरु, ४८ लाखले पाए काेराेना भ्याक्सिनकाे डाेज

विश्वका १० देशले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन शुरु गरिसकेका छन् ।

कोरोनाविरुद्धको लडाइँमा भ्याक्सिन तयार भएपछि ती देशले आफ्ना नागरिकका लागि भ्याक्सिन लगाउन शुरु गरेका हुन् । 

भ्याक्सिन लगाउन शुरु गर्नेहरुमा अमेरिका, बेलायत, चीन, क्यानडा, रुस, बहराइन, चिली, कोस्टारिका। मेक्सिको र इजरायल रहेका छन् । अन्य देश भने भ्याक्सिनको पर्खाइमा रहेका छन् । 

२०२१ को शुरुवाती महिनामै भ्याक्सिन उपलब्ध हुने अपेक्षा गरिएको छ । भारतका कैयौं राज्यमा भ्याक्सिन लगाउनका लागि तथ्यांक संकलन पनि शुरु गरिएको छ ।

नेपालमा अहिलेसम्म कुनै तयारी गरिएको छैन । भ्याक्सिन लगाउने कार्यक्रम शुरु गरेका देशको आधिकारिक तथ्यांक अनुसार वेबसाइड आवरवल्र्ड इन डाटाले अहिलेसम्म कति मानिसलाई भ्याक्सिन लगाइयो भन्ने जानकारी दिएको छ ।

सामान्य रुपमा एक व्यक्तिलाई एक डोज नै लगाइन्छ । वेबसाइटका अनुसार विश्वमा अहिलेसम्म जम्मा ४८.३ लाख मानिसलाई भ्याक्सिनको डोज दिइसकिएको छ ।

यो तथ्यांक शनिबार सम्मको हो । सबैभन्दा धेरै अमेरिकामा १९ लाख, चीनमा १० लाख, बेलायतमा ८ लाख, रुसमा ७ लाख र बहराइनमा ५१ हजार ५५६ जनालाई भ्याक्सिन लगाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्