

काठमाडौं, २ जेठ — सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको वडा नं १ को अध्यक्षमा नेकपा एमालेका गंगाराम सुनार एक हजार १२६ मतका साथ विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नवल गिरीले १००७ मत ल्याएका थिए । माओवादी केन्द्रका खडक बस्यालले ६१४ मत प्राप्त गरेका छन् ।