०४ साउन २०८३, सोमबार

मुख्यमन्त्री भट्टले गरे ओली पक्षीय मन्त्री पठान बोहरालाई बर्खास्त

पुस १४, २०७७
मुख्यमन्त्री भट्टले गरे ओली पक्षीय मन्त्री पठान बोहरालाई बर्खास्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठान बोहरालाई बर्खास्त गरिएको छ ।

विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलवार बर्खास्त गरेका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।

नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए । मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेर प्रचण्ड–नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

आफ्नै समूहभित्र असन्तुष्टि देखिँदा मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्रीहरू हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्