२६ असार २०८३, शुक्रबार

सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य

सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैंकबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्य

टाटा मोटर्स नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी  ट्रेडिङ  प्रालि र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

अब टाटा मोटर्सको कमर्सियल गाडीहरू खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्रिय वाणिज्य बैंकको देशैभरि जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकलाई व्यावसायिक तथा निजी प्रयोजनका सवारीसाधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यस तोकिएको सहुलियतपूर्ण कर्जाभित्र –

- व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा,
- शिक्षित युवा स्वरोजगार कर्जा,
-  विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा,
-  महिला उद्यमशील कर्र्जा, र
-  दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक हुने व्यक्ति तथा संस्थालाई सहज रूपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  

सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए ।

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदी ट्रेडिङ प्रालिका देशभर रहेका सम्पूर्ण डिलरबाट पनि उपलब्ध हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्