०७ साउन २०८३, बिहीबार

सुत्केरीपछि वजन नघटेर तनावमा हुनुहुन्छ ? यसो गर्नुहोस्

पुस १४, २०७७
सुत्केरीपछि वजन नघटेर तनावमा हुनुहुन्छ ? यसो गर्नुहोस्

महिलामा आमा बनेपछि वजन घटाउने काम कुनै चुनौतीभन्दा कम हुँदैन ।

के तपाई गर्भावस्थामा तपाईको वजन बढेको थियो र, अझैसम्म पनि घटेको छैन ? यदि तपाई आफ्नो वजन घटाउन चाहनुहुन्छ भने यहाँ केहि उपायहरु छन् ।

जसलाई तपाईले सजिलै अपनाउन सक्नुहुन्छः

स्तनपान

विज्ञ एवम् कैयौं अनुसन्धानको अनुसार स्तपान गराउने महिलाको वजन छिटै घट्छ ।

स्तनपान गराउनाले शरीरमा ३ सयदेखि ५ सयसम्म क्यालोरी बर्न हुन्छ ।

क्लिनिकल न्युट्रिशनको अमेरिकन जर्नलमा प्रकाशित एक अध्ययनको रिपोर्टको अनुसार स्तनपान महिलामा प्रशवपछि अतिरिक्त वजन कम गर्नमा मद्दत गर्दछ ।

हिँडाइ

पोस्ट प्रेग्नेन्सी वजन घटाउन चाहानुहुन्छ भने वाक गर्ने बानी बसाल्नुहोस् ।

अमेरिकी जर्नल मक्नमा प्रकाशित बच्चा तथा आमाको विषयमा आधारित एक सोधको अनुसार गर्भावस्थापछि पर्याप्त हिँडाईले पनि तौल घटाउन सहयोग मिल्नेछ ।

योगा

योगा गर्भावस्थापछि तौल घटाउने सबैभन्दा उत्तम उपाय हो । यसले तपाईको वजन कम हुनुका साथै तपाईमा भएको तनावलाई कम गर्ने गर्दछ ।

तसर्थ, योगा तपाईको शरीर तथा मानसिक दुवै स्वास्थ्यलाई स्वस्थ राख्न सकिने सबैभन्दा उत्तम उपाय हो ।

प्रशस्त पानी पिउनुहाेस् 

तौल घटाउनका लागि प्रशस्त पानी पिउनुपर्छ । अमेरिकन केमिकल सोसाइटीको रिपोर्ट अनुसार, कम्तिमा पनि तौल घटाउन चाहाने महिलाले प्रत्येक दिन १० देखि १२ गिलाससम्म पानी पिउनुपर्छ ।

उचित निन्द्रा र खाना

निन्द्राको कमी, तनाव तथा जथाभावी खानाले पनि महिलामा वजन बढाउँछ । यस्तोमा तपाईले यी ३ पक्षप्रति विशेष ध्यान पुर्‍याउदै यी गतिविधिबाट टाढै रहनुपर्छ ।

कमेन्ट गर्नुहोस्