![काठमाडौंमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन, ठाउँ–ठाउँबाट जुलुस [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/CPN_Pradarshan_1_j2NvP2sYrH.jpg)
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले मंगलवार राजधानी काठमाडौंलगायत ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिरहेको छ । काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई प्रचण्ड–नेपाल समूहले शक्ति प्रदर्शनको रूपमा लिएको छ ।
आजको प्रदर्शनलाई सफल बनाउन प्रचण्ड–नेपाल समूहले हिजो र अस्ति कार्यकर्ता भेला आयोजना गरेको थियो ।
सभालाई प्रचण्ड–नेपाल समूहका शीर्ष र प्रभावशाली नेताहरूले सम्बोधन गर्दैछन् । भृकुटीमण्डपमा हुने सभाअघि काठमाडौंका विभिन्न स्थानबाट जुलुस निस्किएको छ ।
प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजीबीच गरेका छन् ।
आफूपक्षीय केन्द्रीय कमिटी सदस्यको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाएको दाबी गरेको प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
हेर्नुहोस्, तस्वीरहरू :











