
साउथकी सुपरस्टार नायिका रश्मिका मन्दनाले अब बलिउडका सुपरस्टार नायक अमिताभ बच्चनसँग पर्दामा देखिने भएकी छिन् ।
अभिनेत्री मन्दनाले नायक सिद्धार्थ मल्होत्रासँग चलचित्र ‘मिसन मज्नु’मा काम गर्ने पक्का भैसकेको छ ।
यो चलचित्रबाट उनी बलिउडमा डेब्यू समेत गर्ने तयारीमा छिन् । त्यसपछि अमिताभसँग काम गर्नेगरी अर्को चलचित्रमा उनले साइन गरेकी हुन् ।
अमिताभ र रश्मिकाले काम गर्ने चलचित्र ‘डेड्ली’लाई विकास बालले निर्देशन गर्दैछन् ।
आगामी मार्चबाट छायांकन प्रारम्भ हुनेगरी यतिबेला डेड्लीको प्रि प्रोडक्सनको काम भइरहेको छ ।
यो चलचित्र बाबु–छोरीको कथामा बन्ने बताइएको छ ।
चलचित्र ‘डियर कमरेड’ले युटुबमा चर्चा बटुलेपछि रश्मिकाको माग बलिउडमा पनि ह्वात्तै बढेको हो ।