२८ असार २०८३, आइतबार

ओलीले जनमतको खिल्ली उडाए, कर्तव्यच्युत भएकाहरू गुलियो चाट्न मन्त्री भए : भीम रावल

पुस १४, २०७७
ओलीले जनमतको खिल्ली उडाए, कर्तव्यच्युत भएकाहरू गुलियो चाट्न मन्त्री भए : भीम रावल

नेकपाका सुदूरपश्चिम प्रदेश इञ्चार्ज डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको खिल्ली उडाएको बताएका छन्। 

संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले मंगलवार धनगढीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता रावलले भने,‘तीन वर्षमा संविधानमाथि कु गरेर निर्वाचन घोषणा गर्न जनताले मत दिएका हैनन् तर प्रधानमन्त्रीले जनमतको कदर गर्न सकेनन् ।’

वर्तमान सरकारले कृषकहरूको उत्पादन ठप्प पार्दै विदेशी मान्छे बोलाउने सुन्नमा आएको भन्दै नेता रावलले भने, ‘पञ्चायतले त्यो काम गरेन, कांग्रेस, राणा शासनले त्यो काम गरेन यो केपी शर्मा ओली भन्ने कताबाट निरंकुश र जनविरोधी मान्छे आयो हो !’

कर्तव्य च्युत भएकाहरू पनि गुलियो चाट्नका लागि मन्त्री भएको उनले बताए ।

'कर्तव्यच्युत भएका कतिपय व्यक्तिहरू गुलियो चाट्न लज्जापूर्वक मन्त्री भएका हुन्,' उनले थपे, ‘वर्तमान सरकारले कतिपय व्यक्तिलाई चोरलाई साँचो दिए जस्तो मन्त्री पद दिएको हो।’ 

नेता रावलले वर्तमान सरकारले देशभक्तिको ठूल–ठूला कुरा बोल्ने गरे पनि व्यवहारमा भने कमजोर रहेको टिप्पणी गरे। 

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा पनि प्रधानमन्त्रीले बाध्य भएर प्रकाशित गरेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्