३१ जेठ २०८३, आइतबार

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

पुस १४, २०७७
हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

सुनसरीको कोशी गाउँपालिका–४ मा पुनः हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

सोमवार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीय अरुण मण्डलले बताए ।

दैनिकरूपमा आरक्षबाट निस्किने जंगली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयले कटानमा चक्काजाम समेत गरेका छन् ।

केही दिनअघि पनि आरक्षबाट निस्केको हात्तीले कोशी गाउँपालिका–६ का प्रमोदकुमार यादवलाई आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको थियो । आरक्षमा रहेको माकुना हात्ती बौलाएको र त्यसलाई नियन्त्रण वा मार्नुपर्ने स्थानीयले माग समेत गरेका छन् ।

माकुना हात्तीले हालसम्ममा योसहित १४ जनाको ज्यान लिइसकेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्