०१ असार २०८३, सोमबार

सुर्खेतमा लागूऔषधसहित सासू–बुहारी पक्राउ

पुस १५, २०७७
सुर्खेतमा लागूऔषधसहित सासू–बुहारी पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाका आधारमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने २४ वर्षीया बुहारी शान्ति सिंहसहित उनकी सासू कौशिला सिंहलाई पक्राउ गरेको हो ।

मंगलवार उनीहरूलाई सार्वजनिक गर्दै १४ ग्राम ९७० मिलिग्राम लागूऔषधसहित सासू–बुहारीलाई पक्राउ गरिएको जिप्रका सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

‘विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागूऔषध भेटिएको थियो,’ उनले भने, ‘सासू कौशिलाको कोठामा समेत खानतलासी गर्दा ९ ग्राम ८०० मिलिग्राम लागूऔषध भेटिएको हो ।’

लागूऔषधसहित शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । पक्राउ परेका सासू–बुहारीलाई लागुऔषध खरिद, ओसारपसार, सञ्चय तथा बिक्री वितरण गरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्