प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको सुदूरपश्चिम स्तरीय कार्यकर्ता भेला बुधवार काठमाडौंमा हुँदैछ ।
काठमाडौंको बबरमहरस्थित कार्की ब्याङ्क्वेटमा ओली पक्षीय कार्यकर्ताको भेला हुन लागेको हो ।
गत हप्ता यही स्थानमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक बसेको थियो । सोही स्थानमा बसेको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो ।
कार्यकर्ता भेलालाई प्रधानमन्त्री ओली, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र कर्ण थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य निरु पालले जानकारी दिइन् ।