०४ साउन २०८३, सोमबार

नेकपा बाग्मती प्रदेश संसदीय दल विभाजित, प्रचण्ड–नेपाल समूहबाट अष्टलक्ष्मी दलको नेता

नेकपा बाग्मती प्रदेश संसदीय दल विभाजित, प्रचण्ड–नेपाल समूहबाट अष्टलक्ष्मी दलको नेता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको असर प्रदेश सभामा देखिएको छ । 

मुख्यमन्त्री समेत रहेका नेकपा संसदीय दलका नेता डोरमणि पौडेललाई हटाएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहले अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार बसेको बाग्मती प्रदेशका प्रचण्ड–नेपालपक्षीय सांसदहरूको बैठकले शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

बाग्मती प्रदेशका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । 

प्रचण्ड–नेपाल समूहले मंगलवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा स्थायी कमिटी सदस्य योगेश भट्टराईले शाक्यलाई बाग्मती प्रदेशको भावी मुख्यमन्त्री भनेर सम्बोधन गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्