२९ असार २०८३, सोमबार

आफ्नै दाईसँग मण्डपमै विवाह, कारण सुनेर प्रहरी हैरान !

पुस १५, २०७७
आफ्नै दाईसँग मण्डपमै विवाह, कारण सुनेर प्रहरी हैरान !

पछिल्लो समय मानिसहरु पैसाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार हुन्छन् । यसको उदाहरण हो, भारतको पञ्जावमा एक बहिनीले आफ्नै दाइसँग विवाह गरेकी छन् । 

त्यो पनि बेहुलीको रुपमा सजिएर मण्डपमै सात फेरा घुमेकी हुन् । यो खबरले मानिसहरु पैसा र यश आरामका लागि के सम्म गर्न पछि पर्दैनन् भन्ने पुष्टि गरेको छ । 

बहिनीलाई अस्ट्रिेलियामा सिफ्ट हुनुथियो । विवाहपछि उनले फर्जी पासपोटए बनाइन् र अस्ट्रेलिया पुग्न पनि सफल भइन् ।

स्थानीय एक महिलाले यस विषयमा प्रहरीलाई उजुरी दिइन् । त्यसपछि अस्ट्रेलिया जानकै लागि आफ्नै दाईसँग बिहे गरेको खुलेको हो । 

यस घटनामा दाई बहिनी मात्रै होइनन्, घरका सबै सदस्यसमेत सहभागी थिए । विदेशमा जानका लागि ती युवतीलाई भिषाको समस्या थियो । त्यसैकारण उनले आफ्नै दाईसँग बिहे गरिन् । 

एसबीएसका प्रहरी निरीक्षक जय सिंहले भने, ‘पहिलो छानबिन अनुसार युवतीका दाई अस्ट्रेलियामा बस्दै आएका थिए, उनी त्यहाँका स्थायी वासिन्दा हुन् । उनकी बहिनीले फर्जी डकुमेन्ट बनाएर पञ्जीकरण गरेको पाइएको छ ।’ 

सामाजिक व्यवस्था र धार्मिक व्यवस्थालाई धोका दिएर विदेश गएको पाइएको प्रहरी निरीक्षक सिंहले बताए । अहिलेसम्म कसैलाई पक्राउ गर्न नसकिएको उनको भनाइ छ ।

युवती अस्ट्रेलिया पुगिसकेकी छन् । उनका दाई अस्ट्रेलियामा जागिर गर्दै आएका छन् । प्रहरीका अनुसार धोकाधढीको गम्भीर विषय भएको बताइएको छ । पूरै परिवारविरुद्ध उजुरी दर्ता भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्