१० साउन २०८३, आइतबार

भारतमा कोरोना नयाँ स्ट्रेनको त्रास, २६ संक्रमित भेटिए

पुस १५, २०७७
भारतमा कोरोना नयाँ स्ट्रेनको त्रास, २६ संक्रमित भेटिए

भारतमा कोरोना भाइरसको नयाँ स्ट्रेनले आफ्नो फैलावट शुरु गरेको पाइएको छ । बेलायतबाट फर्किएकामध्ये २० यात्रीमा अहिलेसम्म नयाँ स्ट्रेनको कोरोना संक्रमण पाइएको छ ।

यसअघि पनि देशका विभिन्न ठाउँमा ६ व्यक्तिमा संक्रमण देखिएको छ । बेलायतमा  भने यो भाइरसले अहिले त्रास मच्चाएको छ ।

जसपछि बेलायतबाट भारत आउने फ्लाइटमा रोक लगाइएको छ । यद्यपि पछिल्लो समय बेलायतबाट जति पनि आएका थिए । उनीहरु सबैको जाँच भइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मंगलबार उत्तर प्रदेशको मेरठमा २ वर्षकी बालिकामा नयाँ स्ट्रेनको कोरोना पुष्टि भएको थियो । बालिकाका परिवार कोरोना स्ट्रेनको प्रकोप बढ्न थालेपछि बेलायतबाट फर्किएका थिए ।

उनका मातापितालाई पनि पोजेटिभ देखिएको छ । बुधबार पुणे र हैदरावादमा पनि कोरोना नयाँ स्ट्रेनको संक्रमण पाइएको छ ।

बेलायतबाट शुरु भएको कोरोनाको नयाँ स्ट्रेनको फैलिने दर ७० प्रतिशत विनाशकारी भएको वैज्ञानिकहरुले चेतावनी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्