३० जेठ २०८३, शनिबार

मंगलमा भेटियो एलियन्स  !

पुस १५, २०७७
मंगलमा भेटियो एलियन्स  !

नासाको मार्स रोवर क्यरियोसिटीले हालै मंगल ग्रहमा एक तस्वीर लिएको छ । जसबाट कैयौं तथ्य सार्वजनिक भएका छन् । 

तस्वीरमा मंगल ग्रहमा एलियन भएको आशंका गरिएको छ । 

स्पुतनिक न्यूजअनुसार नासाद्वारा हालै प्रकाशित तस्वीरको सहयोगले एक स्वघोषित विशेषज्ञ स्कट सी वारिङले एक आश्चर्यचकित पार्ने खोज गरेका छन् ।

वारिङले कथित तौरमा तस्वीमा मंगलको पहाडमा एक परग्रही योद्धा देखिएको दावी गरेका छन् । 

वारिङले आफ्नो ब्लग पोस्टमा लेखेका छन्, ‘मलाई आज नासा रोवरको कैयौं नयाँ तस्वीरमा मंगल ग्रहको पहाडमा एक योद्धाको आकृति भेटिएको छ । यो आकृति पुरुष या महिला जसको पनि हुनसक्छ ।’ 

उनले लामो टोपी कवचको हिस्सा जस्तो देखिने र र यो कवजद्वारा व्यक्तिको ३० प्रतिशत हिस्सा ओगटेको दावी गरेका छन् ।

उनले अघि भनेका छन्, ‘यसलाई देखेर दक्षिण डकोटाको माउन्ट रशमोरको याद आएको छ ।’

उनले एलियन्सको कद र कपाल मानिसको भन्दा ठूलो हुने दावी गरेका छन् ।

‘मलाई त्यसबेलाको याद आउँछ । जतिबेला म माउन्ड रशमोरमा बस्दै आएको थिएँ । त्यसबेला मलाई पहाडमा राष्ट्रपतिको अनुहारको आकृति देखिन्थ्यो’, उनले बताएका छन् । 

स्पुतनिकले आफ्नो च्यानलमा वारिङको खोजबारे बताएको छ । भिडियोमा नासाको मूल तस्वीर र पहाडको एक हिस्सालाई रंग्याइएको छ ।

साथै दुवै तस्वीरबीच तुलना गर्ने कोशिस गरिएको छ । रंग्याइएको हिस्सा योद्धाको आकृतिजस्तै देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्