राष्ट्रिय सभाको सातौं अधिवेशन भोलि अपराह्न ४ बजेदेखि शुरू हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा राष्ट्रिय सभा बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ ।
राष्ट्रिय सभाको सातौं अधिवेशनको पहिलो बैठकका लागि कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तय गरेको छ ।
समितिको बिहीवार बसेको बैठकले कार्यसूची तय गरेको हो ।
हेर्नुहोस्, कार्यसूची :
१. अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र
२. मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र
३. अध्यादेशहरू
४. राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूबाट जारी भएको समिति गठन सम्बन्धी आदेश, २०७७
५. थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरू
६. राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको प्रतिवेदन
अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको तर्फबाट दलका नेताहरूको अधिवेशन उद्घाटन मन्तव्य व्यक्त हुनेछ ।
छैटौं अधिवेशनपछि हालसम्म निधन हुनुभएका संघीय संसद्का सदस्य तथा पूर्व सांसदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने ।