०८ साउन २०८३, शुक्रबार

राष्ट्रिय सभा अधिवेशन उद्घाटनमा दलका नेताले मन्तव्य राख्ने

राष्ट्रिय सभा अधिवेशन उद्घाटनमा दलका नेताले मन्तव्य राख्ने
फाइल फोटो

राष्ट्रिय सभाको अधिवेशन भोलि शुक्रवार शुरु हुँदैछ । 

पहिलो दिनको बैठकमा राष्ट्रिय सभा संसदीय दलका नेताहरूले सम्बोधन गर्ने तय भएको छ ।

बिहीवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अन्य कार्यसूचीसँगै दलका नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो । नेकपाका तर्फबाट दलका नेता दिनानाथ शर्माले सम्बोधन गर्नेछन् । 

राष्ट्रिय सभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तीन दलको उपस्थिति छ ।

प्रतिनिधि सभा विघटन भएपछि संघीय संसद्मा माथिल्लो सदन राष्ट्रिय सभा मात्र बाँकी छ ।

राष्ट्रिय सभाको ठूलो दल नेकपामा विभाजन आएपछि सभाभित्र उनीहरूको व्यवस्थापन कसरी हुन्छ भन्ने चासो छ । 

निर्वाचन आयोगले दल विभाजनको पत्र नदिँदासम्म सचिवालयले एउटै नेकपा चिन्ने र उनीहरू सत्ता पक्षको रोमा बस्नुपर्ने सचिवालयका एक अधिकारीले बताए ।

राष्ट्रिय सभामा नेकपाका ४७ सांसद छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले राष्ट्रिय सभाको औपचारिक मञ्चबाट प्रतिनिधि सभा विघटनविरुद्ध बोल्ने बताएको छ । 

salt training

कमेन्ट गर्नुहोस्