×

NMB BANK
NIC ASIA

गायक योगेश्वर अमात्य आजभोलि साह्रै अल्छी बनेका छन् । अमात्यका पुराना अधिकांश गीत ‘हिट’ छन् । तर ८ वर्षदेखि उनले कुनै गीत बजारमा ल्याउन सकेका छैनन् । किन ?

Muktinath Bank

अमात्यले भने, ‘आजभोलि अल्छी लाग्न थाल्यो । मैले गीत गाउँछु, अर्काले मेरो सिर्जना भन्दै आफ्नो नाम राखिदिने, पछि उनीहरूसँग कुरा गरेपछि मेरो नाम राख्ने । कति भन्नु ? म्युजिक नेपालले समेत त्यसै गरेको छ, अरुको त के कुरा गर्नु ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योगेश्वरले ८ वर्षअघि ल्याएको ‘तिम्रो आँखा हेर्दै मुटु चस्कियो’ पछि अरु कुनै गीत बजारमा आउन सकेका छैनन् । ‘केही समयका लागि संगीतबाट आराम लिइरहेको छु । मेरा लागि संगीत ख्याती र आम्दानीको स्रोतभन्दा पनि साथीभाइसँग बिताइने रमाइलो पल हो,’ उनी भन्छन्, ‘संगीतबाट इरिटेड भएको भने होइन है !’


Advertisment
Nabil box
Kumari

अमात्यसँग १ दर्जन गीतको ‘अफर’ छ । आफैं रचना गरेका गीतहरू पनि धेरै छन् । तर नेपाली संगीत उद्योग व्यावसायिक हुन नसक्दा र क्रियाशील कलाकारहरू अनुशासित हुन नसक्दा आफ्नो ‘मूड अफ’ भएको उनले बताए । तर साथीभाइसँगको भेटमा, घरमा रक्सी पिइरहेका बेला, घुमघामको क्रममा गीतहरू भने निरन्तर गाउने गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

‘जब सन्ध्या हुन्छ’बाट गायन यात्रा थालेका अमात्यले ‘तिम्रो आँखा हेर्दै मुटु चस्कियो’सम्म आइपुग्दा के प्राप्ति गरे ? एकछिनको मौनतापछि अमात्यले भने, ‘तपाईंहरू जस्ता शुभेच्छुक, शुभचिन्तक कमाएको छु । योभन्दा ठूलो कुरा मेरा लागि के हुन सक्ला ?’

००० ०००

स्वभावले भद्र । बोल्दा नम्र । व्यापारी खानदानका उत्तराधिकारी । काठमाडौं उपत्यकाका गिनेचुनेका धनी । ‘पैसा–सैसा त्यस्तै हो,’ उनी भन्छन्, ‘मलाई धनी, व्यापारी भनेर कसले चिन्छ ? मलाई जसले चिन्छ सांगीतिक व्यक्तित्वको रूपमा चिन्छ,’ उनी भन्छन्, ‘गायक जस्तो मिठो परिचय मेरा लागि अरु के हुन सक्ला र ?’

रक योगिज ब्यान्डका संयोजक समेत रहेका अमात्य सांस्कृतिक एवं सांगीतिक क्षेत्रका पुराना व्यक्तित्व मानिन्छन् ।

गीतमा सललल बहने उनको स्वरबाट ‘फिदा’ हुनेहरू धेरै छन् । उनको स्वर रहेको जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ, तिम्रो मिलनको आशमा अँध्यारोले सताउँछ, तिम्रो आँखा हेर्दै मेरो मुटु चस्कियो, बोली सुन्दा मनै लच्कियो, रूप तिम्रो यति झल्कियो, फूलबारीको फूलै झस्कियो, लै जा चरी सबैभन्दा ‘हिट’ गीतमा पर्छन् ।

उनले ८ वर्षदेखि नयाँ गीत नल्याए पनि फ्याट्टफुट्ट स्टेजमा उक्लिन्छन्, भलै अहिले कोरोना महामारीले सांगीतिक उद्योगलाई प्रभाव पारेको छ ।

उनीसँग यस्तो क्षमता छ, उनी स्टेजमा उक्लिएपछि सेलाएका दर्शक तथा श्रोतालाई क्षणभरमै तताउँछन् । पूरै वातावरण एकैछिनमा संगीतमय बन्छ । उनका हरेक गीतमा दर्शक–श्रोताको ‘वान्स मोर’को आग्रह आउँछ ।

योगेश्वर लन्डनको रोयल अलवर्ट हलमा गीत गाउने पहिलो सांगीतिक समूहका सदस्य पनि हुन् । अलवर्ट हलमा गीत गाउनु हरेक गायक–गायिकाको सपना हुन्छ । यहाँ संसारका प्रसिद्ध गायकहरूले गाएका छन् । अझै केही त्यस्ता स्टेजमा गीत गाउने उनको रहर ज्युँदै छ । उनी भन्छन्, ‘गीत गाउँदै जाने हो, कति सपना पूरा हुन्छन्, त्यो समयले बताउला ।’

००० ०००

सानो छँदा बेन्च र डेस्कमा हातले मादल र तवला बजाउने एउटा केटो नेपालको ‘टप परफर्मिङ सिंगर’ बन्छ भनेर उनी आफैंले कल्पना गरेका थिएनन् । न त उनीसँग त्यस्तो खालको सपना थियो, भविष्यमा यस्तो गायक हुन्छु भन्ने ।

‘अलिअलि स्वर थियो, गीत गाइदिन्थें,’ उनी भन्छन्, ‘तर हजुरबा दयारामभक्त माथेमा अनि निबन्धकार शंकर लामिछाने जस्ता दिग्गजका कारण पनि मेरो गायन यात्रा थप सशक्त बनेको हुनसक्छ । यत्तिकै हावातालमा गीत गुनगुनाउँदै जाँदा आफ्नो स्वर मन पराएपछि मसँग यस्तो कला छ भन्ने महसूस भयो ।’

००० ०००

‘मेरा लागि संगीत एउटा थेरापी हो । गीत गाएपछि हल्का हुन्छ,’ उनी भन्छन्, ‘जब गीत गाउँछु, चिसो पानीले नुहाएर तातो घाममा आउँदा जस्तो हुन्छ ।’ आजभोलि परिवारसँग धेरै समय कटाउने उनी सामाजिक काममा धेरै व्यस्त देखिन्छन् । पोहोर गुठी विधेयकको विरोधमा नेवार समुदायले काठमाडौं उपत्यकामा आन्दोलन गरेको थियो । त्यसबेला आन्दोलनकारीमाथि प्रहरी धावा बोलिरहेको थियो । त्यसैबेला गायक योगेश्वरले माइती घरमा पुलिसलाई फूलको थुंगा हातहातमा बाँडेको तस्वीरले निकै चर्चा पाएको थियो । ‘एकपटक नेपालका नेताहरूलाई पनि फूलका गुच्छाहरू बाँड्न मन छ,’ उनी भन्छन्, ‘अब जसले राम्रै गर्दैन, त्यसलाई फूल बाँड्ने हो ।’

नेपालको राजनीति, नेताहरूको व्यवहार देखेर योगेश्वरलाई कस्तो लाग्छ ? अन्तिममा उनले भने, ‘मलाई कस्तो लाग्छ, त्यसका लागि सडकमा गएर हरेक नागरिकलाई सोध्नु, त्यो मेरो जवाफ हो । मसँग पनि सडकका आम नागरिकमा जस्तै गुनासै–गुनासा छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x