२९ असार २०८३, सोमबार

उपत्यकामा पनि फहरायो एमालेले विजयको झण्डा, महांकालमा मेयर पड्कायो

कात्तिक २०, २०७४
उपत्यकामा पनि फहरायो एमालेले विजयको झण्डा,  महांकालमा मेयर पड्कायो
काठमाडौं, २ जेठ – उपत्यकाभित्र नेकपा एमालेले खाता खोलेको छ । स्थानीय निर्वाचनमा उत्साहजन मत पाइरहेको एमालेले उपपत्यका पनि खाता खालेको हो ।

एमालेले ललितपुरको महांकाल गाउँपालिकामा मेयर पदमा जित हासिल गर्दै खाता खोल्न सफल भएको हो । उपत्यकामा यो एमालेको पहिलो जित हो ।

एमालेका उम्मेदवार रामचन्द्र दाहालले २०८० मत ल्याउँदै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भिमसेन घिमिरेले १७ सय ७२ मत ल्याएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएकी छन् । उपाध्यक्षमा कमला कमला तामाङ विजयी भएकी हुन् । उनले २२६३ मत प्राप्त गरेकी गर्दै गर्दा कांग्रेसकी सुशीला अधिकारीले १३९९ मत प्राप्त गरेकी छन् ।
यो सँगै एमालेले देशभरमा ९ वटा स्थानीय तहमा मेयर पदमा विजय हासिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्