२३ जेठ २०८३, शनिबार

भीम रावलप्रति ओलीको कटाक्ष– कार्यकर्ताले जम्मा गरेको ३० लाख एउटा मान्छे गएर छलछाम गरेर चट् बनाइदिएछ

भीम रावलप्रति ओलीको कटाक्ष– कार्यकर्ताले जम्मा गरेको ३० लाख एउटा मान्छे गएर छलछाम गरेर चट् बनाइदिएछ

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह कार्यकर्ताले जम्मा गरेको पैसा र पार्टी कार्यालय कब्जाको अभियानमा लागेको आरोप लगाएका छन् । 

‘धनगढीमा कार्यकर्ताले ३० लाख जम्मा गरेका रहेछन, एउटा मान्छे गएर छलछाम गरेर अस्ति नै चट बनाइदिएछ’ शनिवार काठमाडौंका नेकपा कार्यकर्तालाई सम्वोधन गर्दै ओलीले भने, ‘यिनीहरुको ध्यान बैंकमा राखेको पैसामा छ, कार्यकर्ताले पसिनाको थोपा थोपा बनाएको पार्टी कार्यालयमा छ । डोनेसन गरेर दिएको जमिनमा छ ।’

प्रचण्ड नेपाल समूहका नेता भीम रावलको निर्देशनमा प्रदेश पार्टी कार्यालयको नाममा कृषि विकास बैंकमा रहेको ३२ लाख मध्ये ३० लाख झिकिएको थियो । एउटा व्यक्तिले छलछाम गरेर पैसा निकालेको ओलीले आरोप लगाए । 
 

salt training

कमेन्ट गर्नुहोस्