३१ असार २०८३, बुधबार

बाबुको सम्झनामा इरफानको छोराको भावुक पोस्ट

पुस १८, २०७७
बाबुको सम्झनामा इरफानको छोराको भावुक पोस्ट

बलिउड अभिनेता स्वर्गीय अभिनेता इरफान खानका छोरा बाबिल खानले नयाँ वर्षको पहिलो दिन पितालाई सम्झिएका छन् । उनले इरफानको तस्विर शेयर गर्दै सबैलाई नयाँ वर्षको शुभकामना दिएका हुन् ।
इरफानका ठूला छोरा बाबिल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी विशेष अवसरहरुमा आफ्ना बाबुको स्मरण गर्दै केही तस्विरहरु अपलोड गर्छन् । नयाँ वर्षमा बाबिलले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत बाबुसँग बिताएका क्षणहरुका तस्विर शेयर गरेका हुन् । पहिलो तस्विरमा उनी बाबुसँग आराम गरिरहेको अवस्थामा देखिन्छन् भने दोस्रो तस्विरमा कुराकानी गरिरहेका छन् ।

बाबुलले तस्विरसँगै लेखेका छन्, ‘ आगामी गन्तव्य तपाई बिना नै, तर तपाईको राम्रो कुराको साथ । सबैलाई नयाँ वर्षको शुभकामना ।’ बाबिलको यस पोस्टमा इरफानका धेरै फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् ।
२९ अप्रिल २०२० मा ५३ वर्षको उमेरमा इरफानको निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्