
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक स्थिरता कायम नभएसम्म अर्थतन्त्रले गति नलिने बताएका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घको ५७औँ साधारणसभामा आज उनले राजनीतिक अस्थिरता अर्थतन्त्रका लागि घातक हुने बताए ।
उनले राजनीतिको व्यापारीकरण र व्यापारको राजनीतिकरण मुलुकका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ कारण समस्यामा परेका उद्योगी, व्यवसायीलाई राहत दिने सरकारी योजना कार्यान्वयनमा आउन नसकेकामा दुःखेसो पोखे ।