२३ जेठ २०८३, शनिबार

आन्दोलनरत किसानले गरे आत्महत्या, आन्दोलन थप चर्काे बन्दै

पुस १९, २०७७
आन्दोलनरत किसानले गरे आत्महत्या, आन्दोलन थप चर्काे बन्दै

भारतको राजधानी दिल्लीको बोर्डरमा चलिरहेको किसान आन्दोलनका क्रममा एक किसानले आत्महत्या गरेका छन् । 

दिल्ली–यूपी बोर्डरमा आन्दोलनरत किसानले आत्महत्या गरेका हुन् । आत्महत्यापछि प्रदर्शनमा रहेका किसानहरु थप आक्रोशित बनेका छन् ।

यूपी गेटमा किसान सरदार कश्मीर सिंहले फाँसी लगाएर आत्महत्या गरेका हुन् । उनले शौचालयभित्र फाँसी लगाएका थिए । 

घटनास्थलबाट सुसाइड नोट पनि प्राप्त भएको छ । सुसाइड नोटमा आफ्नो अन्तिम संस्कार नाती र बच्चाको हातबाट दिल्ली–यूपी बोर्डरमै गरिदिन उल्लेख गगरेका छन् ।

मृतकका परिवार किसान आन्दोलनमा निरन्तर सहभागी हुँदै आएका छन् । 

किसानको आत्महत्याको खबर पाउनासाथ प्रहरी तत्काल घटनास्थलमै पुगेको थियो । र सुसाएड नोट आफ्नो कब्जामा लिएको थियो ।

सुसाइड नोटमा मृतकले आफ्नो मृत्युको कारण केन्द्र सरकार भएको बताएका छन् । 

‘आखिर हामी कहिलेसम्म यो चिसोमा बस्न सक्छौं’ सुसाइड नोटमा लेखिएको छ, ‘सरकारले हाम्रो कुरा सुनेकै छैन । यसैकारण म आफ्नो ज्यान दिँदैछु । ताकि बाँकी किसानलाई यो चिसोमा अलपत्र पर्नु नपरोस् ।’
 

salt training

कमेन्ट गर्नुहोस्