३१ असार २०८३, बुधबार

प्रचण्ड समूह छाडेका न्यौपानेले भने– सिध्दिने बेला कमिलाको प्वाख आउँछ, ख्याल गर्नुहोला !

प्रचण्ड समूह छाडेका न्यौपानेले भने– सिध्दिने बेला कमिलाको प्वाख आउँछ, ख्याल गर्नुहोला !

नेकपा केन्द्रीय सदस्य एवं प्रदेश सांसद दधिराम न्यौपानेले छिट्टै प्रधानमन्त्री बन्ने लालसाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले दुईतिहाइ बहुमत नजिक रहेको पार्टीलाई विघटनमा लगेको आरोप लगाएका छन् ।

उनले प्रचण्ड–नेपाल समूहको हैसियत नारायणमान बिजुक्छेको नेमकिपा जस्तै हुने टिप्पणी गरे । 

रुपन्देहीको बुटवलमा आइतवार आयोजित सभालाई सम्बोधन गर्दै पूर्व माओवादी खेमाका नेता न्यौपानेले मर्ने बेलामा कमिलाको प्वाँख पलाएजस्तै नेताहरूमा कुबुद्धि आएको टिप्पणी गरेका हुन् ।

‘पार्टीमा राजनीतिक र संगठनात्मकरूपमा विवाद छैन, तर दुईतिहाइ नजिक पुगेको पार्टीलाई विघटन र बिसर्जन गराउनेतर्फ अगाडि बढेका कारण जनमत लिनका लागि प्रतिनिधि सभा विघटन गर्नुको विकल्प थिएन । जनताबाट डराएर सडक आन्दोलनको कुरा गर्नुभएको हो ?’ उनले प्रश्न गरे । 

प्रचण्डको छिट्टै प्रधानमन्त्री बन्ने लालसा तथा आफ्ना मान्छेलाई नियुक्ति नदिएको निहुँमा पार्टीमा विग्रह आएको उनले बताए ।

रुपन्देही १ (ख)बाट निर्वाचित भएका न्यौपाने शुक्रवार ओली समूहमा प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्