११ साउन २०८३, सोमबार

हरिद्वार महाकुम्भ मेलाः ११ वर्षमै किन आयोजना हुँदैछ ?

पुस १९, २०७७
हरिद्वार महाकुम्भ मेलाः ११ वर्षमै किन आयोजना हुँदैछ ?

हरिद्वारामा लाग्ने पावन पर्व महाकुम्भको तयारी शुरु भइसकेको छ । २१ औं शताब्दीको तेस्रो दशकको शुरुवात आत्ध्यात्मिक आयोजनाबाट हुँदैछ ।

यस्तोमा श्रद्धालुहरु उत्साहित छन् । यद्यपि कोरोना महामारीका कारण यो महाकुम्भ मेला सफल हुनेमा भने केही शंका नै छ । तर, संयमित हुँदै १४ जनवरीदेखि महाकुम्भ मेला शुरु हुँदैछ । 

यो महाकुम्भ ४८ दिनसम्म चल्नेछ । यसै दौरान स्नानको तारिख पनि घोषणा गरिएको छ । 

हरेक १२ वर्षको एकपटक आयोजना हुने महाकुम्भ यसपटक ११ औं वर्षमै किन आयोजना भयो त । यो प्रश्न सबैको मनमा छ ।

महाकुम्भ पौराणिक आख्यान र सनातन परम्परा अन्तर्गत केही नियममा बाँधिएर आयोजना हुन्छ । 

यसमा हरेक १२ वर्षमै महाकुम्भ लाग्ने नियम छ । तर, यसवर्ष ११ औं वर्षमा हरिद्वारमा महाकुम्भ आयोजना हुँदैछ ।

कैयौं विद्वान यस वर्ष महाकुम्भ आयोजना गर्ने निर्णयको विपक्षमा थिए । 

महाकुम्भ आयोजनामा १२ वर्षको समय कालका साथै ग्रह नक्षेत्रको उचित स्थितिमा रहनु पनि आवश्यक हुन्छ ।

मेष राशीमा सूर्य र कुम्भ राशीमा बृहस्पतिको उपस्थिति भए मात्रै हरिद्वारमा कुम्भ मेला आयोजना गरिन्छ । 

यो नियम हरिद्वारमा कुम्भ मेला आयोजनका लागि मात्रै लागू हुन्छ । अन्य तीन स्थान प्रयागराज, नासिक र उज्जैनका लागि यी राशी र ग्रहको स्थिति हुनुपर्ने नियम लागू हुँदैन । 

१२ वर्षको अवधि २०२२ मा पूरा हुन्छ । तर, आगामी वर्ष कुम्भ बृहस्पतिमा हुँदैन । ग्रहको स्थितिमा भिन्नता देखिनेछ ।

यही कारण गत वर्ष नै महाकुम्भ आयोजनाका विषयमा निकै विवाद पनि भएको थियो ।

२०२२ मा बृहस्पति कुम्भ राशीमा नहुने मात्रै होइन, अन्य राशी पनि आफ्नो सही स्थितिमा रहने थिएनन् । त्यसैले यसै वर्ष आयोजना गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्