२२ असार २०८३, सोमबार

कार्णालीमा ओली पक्षका २ मन्त्री र एक सांसद आफूहरूतर्फ आएको प्रचण्ड-नेपाल पक्षको दाबी

कार्णालीमा ओली पक्षका २ मन्त्री र एक सांसद आफूहरूतर्फ आएको प्रचण्ड-नेपाल पक्षको दाबी

कर्णालीमा केपी शर्मा ओली पक्षका दुई मन्त्री र एक सांसद् प्रचण्ड–माधवकुमार नेपाल समूहमा लागेको दाबी उक्त समूहले गरेको छ ।

यससँगै कर्णाली प्रदेश सरकार सुरक्षित भएको उक्त समूहको दाबी छ ।

कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले २ मन्त्री र एक सांसद नेकपाको 'संस्थापन पक्ष'मा समाहित भएको दाबी गरे ।

'सामाजिक विकास मन्त्री दल रावल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश सभा सदस्य पदमबहादुर रोकाया नेकपाको संस्थापन पक्षमा समाहित हुनुभयो,' मन्त्री ज्वालाले लोकान्तरसँग भने ।

यससँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार सुरक्षित बनेको दाबी प्रचण्ड-नेपाल पक्षको छ ।

salt training

कमेन्ट गर्नुहोस्