
प्रधानमन्त्रीसमेत रहेका विभाजित नेकपाका एउटा पक्षका अध्यक्ष केपी शर्मा ओलीले अर्को पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई आफ्नो पार्टीमा आए अपराधहरू माफ गर्दिने आश्वासन दिएका छन् ।
आइतवार बबरमहलस्थित कार्की पार्टी बैंकटमा ओलीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड र नेपाल आफ्नो समूहमा आए यसअघि गरेका अपराधहरूलाई क्षमा दिने बताएका हुन् ।
'पार्टीका बैठकमा आउनुस, आग्रह गर्न चाहन्छु,' ओलीले भने, 'तपाईहरूले गरेका अपराधहरू क्षमा गरिदिन्छु । कार्यकारी दिँदा उपद्रो मचाउनु भयो, मैले हटाइदिएको छु । अध्यक्ष कायमै हुनुहुन्छ । अन्य वरिष्ठ नेताहरू पनि जस्ताको त्यस्तै हुनुहुन्छ ।'
उनले प्रचण्ड नेपाल पक्षले गरेको अपराधका बारेमा भने केही बोलेनन् ।