२९ जेठ २०८३, शुक्रबार

सावधानः धुम्रपानले तपाइँको यौन जीवन वर्वाद पार्दछ

पुस १९, २०७७
सावधानः धुम्रपानले तपाइँको यौन जीवन वर्वाद पार्दछ

तपाईँको लाइफस्टाइलका कैयौं कुरा यस्ता छन् जसले तपाईँको यौन क्षमतालाई प्रभावित पार्न सक्छन् । तर, केहीले भने सिधै असर गर्दछन् । 
यस्तै एक बानी हो धुम्रपान गर्ने । 

यौन जीवन खराब भएपछि पती पत्नीको सम्बन्ध पनि टाढा हुँदै जान्छ । यो पुरुषका लागि मात्रै होइन महिलाहरुका लागि पनि राम्रो यौन जीवनका लागि खानपानमा विशेष ध्यान दिन आवश्यक छ । 

पुरुषका लागि झन् खाने पिउने कुरामा विशेष ध्यान दिनुपर्छ । राम्रो यौन जीवनका लागि पुरुषलाई केही बानीहरु नबासाल्दा नै उत्तम हुन्छ । नत्र तपाइँको यौन क्षमतामा कमी आउन सक्छ ।

यसका साथै नपुंशकता पनि आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन् । 

धुम्रपान यौन क्षमताका लागि सबैभन्दा ठूलो दुश्मन हो । स्वास्थ्यका लागि मात्रै होइन, धुम्रपानले तपाइँको गुप्तांगमा पनि सिधै असर गर्दछ ।

यसले रक्तसञ्चारमा रोकावट उत्पन्न गराउँछ । जसका कारण गुप्तांकमा सिधै असर पर्छ । धुम्रपानले पुरुषमा शिघ्रपतनको समस्या पनि निम्त्याउँछ । 

खासमा तमाखु भएका पदार्थ सेवनले त्यसमा भएको निकोटिनले यौन ड्राइभलाई प्रभावित पार्दछ । यसले कामोइच्छा कम हुन थाल्छ ।

एक सोधका अनुसार पुरुषमा नपुंशकता आउनुमा धुम्रपान नै सबैभन्दा ठूलो कारण हो । 

पुरुषमा यसबाट इनफर्टिलिटी कम हुन्छ । जसबाट तपाइँ पिता बन्ने सम्भावना पनि कम हुँदै जान्छ । 

salt training

कमेन्ट गर्नुहोस्