३० जेठ २०८३, शनिबार

जहाँ हुनेछ प्रचण्ड पत्नी सीता दाहालको उपचार

जहाँ हुनेछ प्रचण्ड पत्नी सीता दाहालको उपचार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि परिवारका सदस्यहरू भारतको मुम्बई प्रस्थान गरेका छन् ।

मुम्बईमा दाहालको उपचार न्युरोजेन ब्रेन यान्ड स्पाइन इन्स्टिच्युटमा हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

प्रचण्डपत्नी दाहाल लामो समयदेखि अस्वस्थ रहँदै आएकी छन् । पार्किन्सनको बिरामी रहेकी सीता सुगर र उच्च रक्तचापबाट पनि पीडित छिन् ।

सीतालाई उपचारका लागि यसअघि भारत, सिंगापुर र थाइल्याण्ड लगायतका अस्पतालमा लगिएको थियो । केही दिनअघि मात्र उनलाई राजधानीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।

दाहालको उपचारका लागि प्रचण्डसँगै छोरीहरू रेनु दाहाल र गंगा दाहाल समेत भारत प्रस्थान गरेका छन् ।

नेकपा विभाजनसँगै राजनीतिक संकट गहिरिएका बेला प्रचण्डले पारिवारिक कारणबाट छिमेकी देश भारत जानुपरेको छ । प्रचण्ड–नेपाल पक्षीय नेकपाले संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध देशव्यापी आन्दोलन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्