२१ जेठ २०८३, बिहीबार

पूर्वमन्त्री शाह सवार गाडी दुर्घटनामा, पाँच जना घाइते

पूर्वमन्त्री शाह सवार गाडी दुर्घटनामा, पाँच जना घाइते

पूर्व मन्त्री सवार विनोद शाह सवार गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा २ ख २७४६ नम्बरको जीप  रत्नराजमार्गको मोरै खोलामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा शाहसहित पाँच जना घाइते भएका छन् । ​रत्न राजमार्गको चिसापानी–बबई खण्डको बाँसगढी नगरपालिका–१ मौरे खोलामा जीप खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शाह ठाँटीकाँध गाउँपालिका–१ का हुन् । उनी पूर्व जलस्रोत सहायक मन्त्री र नेकपाका केन्द्रीय नेता हुन् ।

घाइते हुनेमा शाहकी पत्नी तथा जिल्ला समन्वय समिति दैलेखकी उपाध्यक्ष लक्ष्मीदेवि शाह, चामुण्डाबिन्द्रसैनी नगरपालिका–६ का सूर्यबहादुर शाही, आठविस नगरपालिका–४ का पदम माँझी र सवारी चालक रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्