
साताको दोस्रो दिन सोमवार धितोपत्र बजारमा शेयरको मूल्य सामान्य गिरावट भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का अनुसार कारोबार मापक नेप्से परिसूचक ७.१७ अंकले घटेर २१६८.२२ विन्दुमा पुगेको छ ।
सोमवार सेन्सेटिभ परिसूचक १.१४ अंकले घटेर ४१४.७५ विन्दुमा पुगेको छ ।
स्टकका अनुसार, सोमवार कूल २०२ कम्पनीको १ करोड १६ लाख ४३ हजार ४ सय २९ कित्ता शेयर ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १ सय २२ रुपैयाँमा खरिदबिक्री भएको छ ।
सोमवार विकास बैंक, हाइड्रोपावर, वित्त, निर्जीवन बीमा तथा अन्य उपसमूहबाहेक अरू सबै उपसमूहको शेयर ऋणात्मक रहेको छ ।