३० जेठ २०८३, शनिबार

चुनाव त भयो भयो, चुनावमा नजाने पछुताउँछन् : शंकर पोखरेल

चुनाव त भयो भयो, चुनावमा नजाने पछुताउँछन् : शंकर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षीय नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर वैशाख १७ र २८ गतेका लागि निर्धारित निर्वाचन भएरै छाड्ने बताएका छन् ।

चितवनमा आयोजित ओली पक्षीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘चुनाव त भयो भयो, चुनावमा नजाने पछुताउँछन् ।’

प्रचण्ड–नेपाल पक्षलाई राजधानी केन्द्रित नभई निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरे ।

‘आन्दोलन गर्न निर्वाचन क्षेत्र र गाउँतिर जानुस् । हुन त उहाँहरूको दोस्रो चरणको आन्दोलन गाउँतिरै छ, कुरा बुझिसक्नुभएको छ । कांग्रेसले पनि निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन गरिरहेको छ,’ उनले भने, ‘उहाँहरूको आन्दोलन चुनाव क्षेत्रतिर भइसकेको छ, बाटो सोझिइसकेको छ ।’

भेलामा उनले चुनाव हुन्छ कि हुँदैन भनेर द्विविधा राख्दै नराख्नुस् नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्