३० असार २०८३, मंगलबार

कुमारी बैंकका नयाँ शाखाहरुको ई–उद्घाटन

कुमारी बैंकका नयाँ शाखाहरुको ई–उद्घाटन

कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरुको औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ । 

सोमवार उपत्यका भित्रका सात शाखाहरु : बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएतापनि मोबाईल प्रविधिबाट विद्युतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब.राणाले, बैंकका उच्च पधादिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा सम्पन्न गरे। 

यसैगरी, बेलबारी शाखा बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरे । यसैगरी, फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समितिका सदस्य पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रण बहादुर राइले संयुक्त रुपमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिष तिमिल्सिना लगायत सम्बन्धित शाखा प्रबन्धक तथा शाखा पधादिकारीहरुको उपस्थितिमा सम्पन्न गरे । 

salt training

कमेन्ट गर्नुहोस्