२३ जेठ २०८३, शनिबार

पृथ्वी जयन्तीमा नेपाली सेनाले ‘एकीकरण पदयात्रा’ गर्दै

पृथ्वी जयन्तीमा नेपाली सेनाले ‘एकीकरण पदयात्रा’ गर्दै

नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा ‘एकीकरण पदयात्रा’ गर्ने भएको छ ।

दिवसलाई विविध कार्यक्रमसहित मनाउने क्रममा सेनाले पदयात्रा गर्न लागेको हो ।

गोरखादेखि काठमाडौंसम्म विजय अभियानको दौरान तत्कालीन गोर्खाली सेनाले प्रयोग भएका मार्गहरू समेटी सञ्चालन गर्न लागिएको ‘एकीकरण पदयात्रा’ मंगलवार बिहान शुरू हुने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् । 

नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पृथ्वी जयन्तीमा विविध कार्यक्रम गर्ने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्