कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
गान्धारी गर्भवती हुँदा धृतराष्ट्रको सेवासुश्रुसाका लागि एक वैश्य दासीलाई नियुक्त गरिएको थियो । धृतराष्ट्रले तिनै दासीसँग सहवास गरे ।
सहवासपछि दासी गर्भवती भइन् । उनले एक पुत्र जन्माइन् जसको नाम युयुत्सु राखियो ।
महाभारतको युद्ध हुँदा युयुत्सु कौरवहरूका तर्फबाट लड्न कुरुक्षेत्र गएका थिए । तर युधिष्ठिरले उनलाई सम्झाएर आफ्नो पक्षमा पारे ।
द्रौपदीको चिरहरण गरिँदा युयुत्सुले कौरवहरूको विरोध गरेर पाण्डवहरूलाई साथ दिएका थिए । उनी कौरवहरूको अनैतिक क्रियाकलापको विरोध गरिरहन्थे ।
दुर्योधनका अनुचित चेष्टाहरूको विरोध गरिरहने भएकाले युयुत्सुलाई दुर्योधन र उनका भाइहरूले उनको मजाक उडाउँथे । युयुत्सुले महाभारत युद्ध रोक्नका लागि धेरै प्रयास गरेको भए पनि सफल भएनन् । युद्ध प्रारम्भ भएपछि उनी कौरवका तर्फबाट लड्न गए ।
युद्ध आरम्भ गरिने दिन युधिष्ठिरले युयुत्सुलाई अधर्मको साथ नदिन भने । अनि युयुत्सुले त्यसमा विचार गरेर कौरवहरूलाई त्यागे ।
खासमा युद्ध प्रारम्भ हुनुभन्दा ठीक अघि युधिष्ठिरले कौरव सेनाले सुन्ने गरी घोषणा गरे, ‘मेरो पक्ष धर्म हो । धर्मका लागि लड्ने जोकोही पनि मेरो पक्षमा आउन सक्छ । म उसको स्वागत गर्छु । त्यो घोषणा सुनेपछि युयुत्सु कौरव पक्षबाट निस्केर पाण्डव पक्षमा पुगे । युधिष्ठिरले उनलाई अँगालो हालेर स्वागत गरे ।
आफ्नो खेमामा आएका युयुत्सुलाई युधिष्ठिरले सीधै युद्धको मैदानमा नपठाएर महत्त्वपूर्ण कार्य सुम्पिए । योद्धाहरूको हतियार र रसदपानीको आपूर्ति व्यवस्था हेर्ने जिम्मा युधिष्ठिरले युयुत्सुलाई दिए ।
पाण्डवहरूसँग सात अक्षौहिणी (लगभग ९ लाख) सैनिक थिए । ती सबैलाई युयुत्सुले हतियार र रसदको कमी हुन दिएनन् । उडुपीको राजालाई भोजनको व्यवस्था दिइएको थियो ।
युद्धमा बाँचेका १८ योद्धामा युयुत्सु पनि एक थिए । युद्धपछि महाराज युधिष्ठिरले युयुत्सुलाई मन्त्री बनाए । युधिष्ठिर सशरीर स्वर्ग जान लाग्दा परीक्षितलाई राजा र युयुत्युलाई संरक्षक बनाए । धृतराष्ट्रको मृत्युपछि युयुत्सुले नै मुगाग्नि दिएर पुत्रधर्म निर्वाह गरे ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...