२० असार २०८३, शनिबार

प्रमोद खरेलको जाहेरीमा विन्ध्यवासिनी म्युजिककी सीईओ रेग्मी पक्राउ

प्रमोद खरेलको जाहेरीमा विन्ध्यवासिनी म्युजिककी सीईओ रेग्मी पक्राउ

विन्ध्यवासिनी म्युजिक कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लीना शर्मा रेग्मीलाई प्रहरीले प्रकाउ गरेको छ ।

प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिकविरुद्ध जाहेरी दिएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको परिसरका प्रवक्ता प्रमेश बिष्टले बताए ।

गायक खरेलको जाहेरीमा विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मी र लीना शर्माको नाम समावेश गरिएको थियो । लीना र सुवास श्रीमान श्रीमती समेत हुन् ।

सुवास भने काठमाडौंबाहिर रहेकाले उनलाई पक्राउ गर्न नसकिएको प्रहरीको जनाएको छ ।

प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको प्रतिक्रिया दिएको छ ।

गायक खरेलले विन्ध्यवासिनीसँग ‘प्रणय’ एल्बमको सम्झौता सकिएपछि फिर्ता माग्दा सार्वजनिक रूपमा गालीबेइज्जती र इज्जतमाथि दाग लगाउने विभिन्न गतिविधि भएको भन्दै प्रहरीको सहयोग माग्न पुगेका थिए ।

केही दिनअघि सञ्चालक सुवास रेग्मीले लोकान्तरसँग कानूनले जे भन्छ त्यो गर्न तयार रहेको तर त्यसअघि एल्बम फिर्ता दिन नसक्ने बताएका थिए । 

गायक प्रमोदले उक्त एल्बमको सम्झौता २०७१ मै सकिएको बताए । पटक–पटक एल्बम फिर्ता माग्दा नदिएको विन्ध्यवासिनीले उल्टै आफूले उत्पादन गरेको गीत विना अनुमति गाएको आरोपसहित १ करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दिएको थियो ।

त्यसपछि नेपालका ६ दर्जन कलाकारहरूले हस्ताक्षर गर्दै प्रमोदको पक्ष ऐक्यबद्धता जनाएका थिए ।

प्रमोदले छिट्टै मानहानीको मुद्दामा जाने  तयारी गरिरहेको बताएका छन् ।

प्रमोदको उक्त एल्बममा ८ वटा गीत समावेश छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्