०८ असार २०८३, सोमबार

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

पुस २८, २०७७
साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

सप्तरीको छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट १ वृद्धाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

मंगलवार राति ९ बजे आफ्नै घर अगाडि बाटोमा हिँडिरहेकी अवस्थामा सार्वजनिक रूपमा छाडिएको साँढेले पछाडिबाट आक्रमण गर्दा गम्भीर घाइते भएकी साहलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्