२३ जेठ २०८३, शनिबार

मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जना पक्राउ

मोटरसाइकल चोरी गरेको अभियोगमा ७ जना पक्राउ
प्रतिकात्मक तस्वीर

झापाका विभिन्न मिति र ठाउँबाट हराएका मोटरसाइकल तथा स्टकुटरहरू चोरी गरेको अभियोगमा ७ जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा इलामको माइ नगरपालिका–२ बस्ने क्षितिज भन्ने २२ वर्षीय रोशन तामाङ, २० वर्षीय रोशन बुढाथोकी, सोही नगरपालिका–६ बस्ने २० वर्षीय रोशन गिरी, ३० वर्षीय राजेश गिरी, २० वर्षीय मनिष गिरी, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ घर भई हाल झापाको बिर्तामोड नगरपालिका–५ बस्ने रोशन भन्ने २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङ सिदिङवा गाउँपालिका–४ बस्ने २२ वर्षीय सन्दिप लिम्बु रहेका छन् ।

मोटरसाइकल तथा स्टकुटरहरू चोरी भएको भन्ने सवारी धनीहरूमार्फत प्राप्त निवेदन तथा सूचनाको आधारमा चोरी गर्ने मानिसको खोजी गर्ने क्रममा बिर्तामोडका विभिन्न स्थानबाट मे११प १००, मे१०प २०६, लु६६प ४१६ नम्बरको मोटरसाइकल र प्र–१–०१–०१२–प २८२८ नम्बरको स्कुटरसहित प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूमाथि जिल्ला अदालत झापाबाट चोरीजन्य कसूरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्