०७ साउन २०८३, बिहीबार

परराष्ट्रमन्त्री ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारत जाने, यस्ता छन् एजेन्डा

परराष्ट्रमन्त्री ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारत जाने, यस्ता छन् एजेन्डा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारतको नयाँदिल्ली जाने भएका छन् ।

नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली माघ १ गते अर्थात् १४ जनवरीमा भारत गएर १६ जनवरीमा स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, सीमा, कोभिड–१९ सहकार्य, पूर्वाधार, पहुँच, लगानी, कृषि, पर्यटन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

मन्त्री ज्ञवाली दिल्लीमा रहँदा उच्चस्तरीय पदाधिकारीसँग भेटवार्ता हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य वरिष्ठ अधिकृतहरूको सहभागिता रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्