०८ असार २०८३, सोमबार

हत्यामा संलग्न दुई पक्राउ

हत्यामा संलग्न दुई  पक्राउ

जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । विसं २०७२  असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको दोषमा नेपालगञ्जका हरि वली र विवाद पाठकलाई  पक्राउ गरिएको हो ।
  जिल्ला प्रहरी कार्यालय बाँकेले आज पत्रकार सम्मेलन गरी दुई अभियुक्तलाई सार्वजनिक गरेको छ । नेपालगञ्ज १२ सुर्खेतरोडमा नेपालगञ्ज उपमहानगरपालिका –८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो ।
     उक्त घटनाका अभियुक्त नेपालगञ्ज –१८ का ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो । त्यसलगत्तै उनीहरु फरार थिए ।

salt training

कमेन्ट गर्नुहोस्