२४ जेठ २०८३, आइतबार

सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते हुने

सुपर प्लस साइज मोडलको दोस्रो अडिसन माघ १० गते हुने

मोडल सङ्स नेपालले आयोजना गर्दै आएको ‘सुपर प्लस साइज मोडल २०२१’को दोस्रो अडिसन माघ १० गते हुने भएको छ ।

‘अल साइज इज ब्युटिफूल’ भन्ने नाराका साथ आयोजनामा आएको सुपर प्लस साइज मोडल नेपालको यो तेस्रो संस्करण हो । तेस्रो संस्करण अन्तर्गतको पहिलो अडिसन भने गत शनिवार सम्पन्न भएको थियो । 

काठमाडौंको बागबजारस्थित बर्गर हाउसमा आयोजित अडिसनमा कूल २६ जनाले सहभागिता जनाएका थिए । जसमध्ये अडिसनबाट कूल ९ जना फिनालेका लागि छनोटमा भएका छन् ।

टेलिभिजनकर्मी सरोज ओझा, अभिनेता दिपक डोटेल, कोरियोग्राफर रोजिन शाक्य र प्लस साइज मोडेल रुबी महतो सम्मिलित निर्णायक मण्डलले मोडलको छनोट गरेको थियो । मोडल सङ्स नेपाल दोस्रो अडिसनबाट थप मोडलहरू छनौट गर्दै प्रशिक्षणमा सहभागी गराउने अन्तिम तयारीमा छ ।

उनीहरूलाई नेपालका ख्यातिप्राप्त कोरियोग्राफर रोजिन शाक्यले मोडलिङ सम्बन्धी ज्ञान तथा प्रशिक्षण दिने छन् । प्रशिक्षणपश्चात सहभागीहरूबीच स्पर्धा गराइने छ ।  

प्रतियोगिताका विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘वल्र्ड टप प्लस साइज, २०२१’मा सहभागिता जनाउन पाउने कम्पनीका प्रमुख डेभिल सिंह राजपुतले बताए । उत्कृष्ट ३ रनरअपले विभिन्न गिफ्ट ह्याम्परहरूको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेसन शो तथा सौन्दर्य प्रतियोगितामा समावेश हुने अवसर प्राप्त गर्ने  पनि राजपुतले जानकारी दिए ।

राजपुतले भने, ‘प्लस साइज (मोटोपना) का कारण हिनताबोध भएका युवतीलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।’  

प्रतियोगितामा १६ देखि ५५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित युवती र महिलाले भाग लिन सक्नेछन् । ५५ किलोभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ । संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाका लागि मिस्टर प्लस साइज नेपालको आयोजना गर्दै समेत आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्