०३ असार २०८३, बुधबार

अमेरिकाको थप बेइज्जती : परराष्ट्रमन्त्री पम्पेओलाई भेट्न चाहेनन् युरोपेली नेताहरूले, गर्नुपर्‍यो भ्रमण रद्द

पुस २९, २०७७
अमेरिकाको थप बेइज्जती : परराष्ट्रमन्त्री पम्पेओलाई भेट्न चाहेनन् युरोपेली नेताहरूले, गर्नुपर्‍यो भ्रमण रद्द

अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओले यसै साता गर्न लागेको युरोप भ्रमण रद्द गरेका छन् ।
 

लक्जेम्बर्गका अधिकारीहरूले अमेरिकी संसदमा गरिएको भयानक आक्रमणपछि पम्पेओसँग भेट्न अनिच्छा व्यक्त गरेपछि उनले भ्रमण रद्द गरेका हुन् । 
 

लक्जेम्बर्ग भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक रूपमा केही पनि खुलाएको थिएन तर रोयटर्स समाचार संस्थाले अधिकारीहरूसँग नाम नबताउने शर्तमा गरेको कुराकानीबाट यो खुलेको हो । 
 

पम्पेओ ब्रसेल्स जाने कुरा सार्वजनिक गरिएको थियो तर २४ घन्टाभन्दा पनि कम समयमा भ्रमण रद्द गरियो । 
 

पम्पेओले भ्रमणका क्रममा नेटोका महासचिव जेन्स स्टोलटेनबर्ग र बेल्जियमका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सोफी विल्मेसलाई भेट्ने कार्यक्रम थियो । उनीहरू दुवैजनाले अमेरिकी संसदमा गरिएको आक्रमणको निन्दा गरेका थिए । 

अनि लक्जेम्बर्गका परराष्ट्र तथा युरोपेली मामिलामन्त्री जीन आस्सलबोर्नले उक्त आक्रमणपछि ट्रम्पको कठोर आलोचना गरेका थिए । 

अमेरिकाको जुनियर पार्टनरका रूपमा रहेको युरोपलाई ट्रम्पले अत्यन्तै अपमान गर्ने गरेकाले उनीहरू अहिले ट्रम्प र उनका अधिकारीहरूसँग कुनै सम्पर्क नगर्ने मनस्थितिमा पुगेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्