२६ असार २०८३, शुक्रबार

माधव नेपालको दाबी– उदाएको सूर्य हामीसँग हुन्छ, केपीसँग अस्ताएको सूर्य होला !

माधव नेपालको दाबी– उदाएको सूर्य हामीसँग हुन्छ, केपीसँग अस्ताएको सूर्य होला !
फाइल फोटो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफूहरू नै नेकपाको आधिकारिक धार भएकाले सूर्य चुनाव चिह्न आफूले पाउने दाबी गरेका छन् । 

उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षसँग विधान संशोधन गर्ने संख्या नभएकाले उनीहरूले गरेको नियुक्ति अवैध भएको दाबी गरे ।

नेकपा काठमाडौं जिल्ला कमिटीका सदस्यहरूलाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी आधिकारिकताका लागि आज मात्र निर्वाचन आयोगलाई अर्को पत्र लेखिएको जानकारी गराए ।

‘आधिकारिक पार्टी हामी हो, सूर्य चिह्न नेकपासँग छ । उदाएको सूर्य हामीसँग छ, अस्ताएको सूर्य चिह्नसहित नेकपा एमाले दर्ता गरिएको छ, अर्को पक्षसँग त्यही अस्ताएको सूर्य छ,’ नेता नेपालले भने । 

नेता नेपालले वैशाखमा चुनाव हुने कुनै सम्भावना नरहेको बताए । 

‘निर्वाचन आयोगलाई आधिकारिक ढंगले पत्र लेखेर पठाएका छौं । नेकपा विधानमा ४ सय ४१ को दुईतिहाइले विधान संशोधन गर्‍यो भने मानिन्छ । केपी ओलीसँग ११८ जना सदस्य मात्र छन्,’ नेपालले भने, ‘त्यसमध्ये पनि १० जना फर्किएको भन्ने कुरा छ । इमान्दार कार्यकर्ता फर्केपछि सडकमा फेला परेका मान्छेलाई ल्याएर सडक छाप पार्टी बनाउने होला ।’

नेता नेपालले विगतमा लडेको भन्दै संकटकाल लगाउने धम्की नदिन चेतावनी दिए । 

salt training

कमेन्ट गर्नुहोस्