२२ असार २०८३, सोमबार

नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित

नेपाल बैंकको ६१ औं वार्षिक साधारण सभाबाट १६ प्रतिशत लाभांश पारित

नेपाल बैंक लिमिटेड ६१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

बुधवार सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।

सभाले हालको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख रुपैयाँको ४ प्रतिशतका दरले हुन आउने रु.४५ करोड १३ लाख १२ हजार नगद लाभांश र चुक्ता पूँजीको १२ प्रतिशतका दरले हुन आउने रु.१ अर्ब ३५ करोड ३९ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । 

साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भइ विवेक शमशेर ज.ब.रा., विष्णु कुमार अग्रवाल र कर्मचारी सञ्चय कोषका प्रतिनिधि ओम कृष्ण श्रेष्ठ सञ्चालक पदमा निर्वाचित भएका छन् ।   


 

salt training

कमेन्ट गर्नुहोस्