काठमाडौं, ३ जेठ –भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले फराकिलो मतान्तरसहित अग्रता हासिल गरेको छ । पछिल्लो मतगणना परिणाम अनुसार नेपकिपाका मेयरका उम्मेदवारप्रमुख सुनिल प्रजापतिले ५ हजार ४ सय ८० मत प्राप्त गरेका छन् । उक्त महानगरपालिकाबाट नेमकिपाकै उपप्रमुख रजनी जोशीले ५ हजार ५ सय ३९ मत पाएकी छिन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवार राम कासुलाले २ हजार ३ सय ९३ मत पाएका छन् । भने कांग्रेसकै उपप्रमुख गङ्गालक्ष्मी अवाल २ हजार १ सय ९१ मत पाएकी छिन् ।
त्यस्तै, एमालेबाट नगरपालिकाको मेयरका उम्मेदवार विष्णु सुवालले १ हजार २ सय ४ मतमात्र पाएका छन् । एमालेकै उपप्रमुखका प्रत्यासी कृष्णमाया त्वायनाबासुले १ हजार ३ सय ५८ मत पाउकी छिन् ।
यसैगरी भक्तपुरकै सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । नगरपालिकाबाट एमालेका उम्मेदवार बासुदेव थापाले २ हजार ४० मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारर विष्णुराज कार्कीले १ हजार ९ सय ९० मत पाएका छन् ।